धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) को जित सुनिश्चित भएको छ । 

कुल २७ वटा वडामध्ये रामधुनी ६ र ७ को मतगणना बाँकीरहे पनि साम्पाङ धरान र बराहक्षेत्रको सबै वडाको गणना सकिदा १०४८८ मतले निकटतम प्रतिस्पर्धी रास्वपाकी सरिन तामाङ भन्दा अगाडि छन् । बाँकी रहेको रामधुनी ६ र ७ मा खसेको मत ७०३१ मात्र गणना गर्न बाँकी छ । यी दुवै वडाको मत तामाङलाई गएपनि साम्पाङको जित पक्का छ । 

धरान र बराहक्षेत्रको सबै वडाको मत गणना हुँदा साम्पाङले ३४३४१ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी सरिनले २३८६३ मत पाएकी छिन् । तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका मनोज भट्टराई छन् भने नेकपा एमालेका टिकाराम लिम्बूले ५६८७, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३६०९ मत पाएका छन् ।