धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा पछिल्लो मतरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेद्वार सरिन तामाङ (गोमा)ले मतान्तर बढाउदै लगेकी छिन् ।
धरानको वडा नं २ को मतगणना सम्पन्न हुँदा रास्वपाकी सरिनले श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ)लाई ११८१ मतले पछाडि पारेकी हुन् । वडा नं २ को मतगणना हुँदा उनले ७४० मत थपेर कुल १७५५ मत पाएकी छिन् । वडा १ को गणना सकिदा सरिनको १०१५ मत थियो ।
उनलाई पछ्याइरहेका साम्पाङले वडा नं २ मा २७० मत पाउदा कुल ५७३ मत पुगेको छ । वडा १ मा उनले ३०३ मत पाएका थिए । यसैगरि, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुजेन्द्र तामाङले वडा नं २ मा १२५ मत पाएर कुल ३५८ मत भएको छ भने चौथो स्थानमा रहेको राप्रपाका उद्धव श्रेष्ठको वडा २ मा ६५ मत थपेर २२७ मत पुगेको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईको वडा २ मा ७२ मत थपिएर १६४ पुगेको छ भने छैटौं स्थानमा रहेका नेकपा एमालेका टिकाराम लिम्बूको ९७ मत थपिएर १५८ मत भएको छ ।
धरानको वडा नं २ मा कुल १३९० मत खसेको थियो भने गणना हुँदा ४३ मत वदर भएको थियो । यसअघि धरानको वडा नं १ मा खसेको मत १९१९ मत गणना भैसकेको छ ।
भिडियो:





