धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा पछिल्लो मतगणनाको परिणाम आउदा श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले ५१४५ मतान्तरले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले धरानको वडा नं १ देखि ११ सम्मको कुल ३१ हजार १६८ मतगणना सकिदा साम्पाङले १४०३५ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार सरिन तामाङ (गोमा) ले ८८९० मत पाएकी छिन् । सरिन भन्दा हर्क ५१४५ मतले अगाडि छन् ।
यसैगरि, तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका मनोज भट्टराईले २२४२ मत पाएका छन्भने नेकपा एमालेका टिकाराम लिम्बूले १९४९ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १४३९ मत, राप्रपाका उद्धव श्रेष्ठले ५३०, उज्यालो नेपाल पार्टीका डम्बर लावतीले २३५, राष्ट्रिय साझा पार्टीका भुपी राईले ७०, जसपाका नगेन्द्र बहादुर लिम्बूले ४५, स्वतन्त्र सुवास विकले ३६ मत पाएका छन् ।
भिडियो:



