धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणनाको पछिल्लो परिणाम अनुसार रास्वपा उम्मेद्वार सरिन तामाङ (गोमा)ले ७१२ मतको अग्रता कायम गरेकी छिन्। 

धरान वडा नं १ को मतगणना सकिदा रास्वपाले १०१५ मत प्राप्त गरेको छ भने श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले ३०३ मत पाएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले २३३ मत पाएका छन् ।

यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव श्रेष्ठले १६२ मत पाउदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईले ९२ मत पाएका छन् । नेकपा एमालेका उम्मेद्वार टिकाराम लिम्बूले ६१ मत पाएका छन् । वडा नं १ मा कुल १९६१ मत खसेको थियो भने गणना हुँदा ८१ मत वदर भएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । 

भिडियो: