धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा पछिल्लो मतगणनाको परिणाम अनुसार श्रम सँस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई (साम्पाङ) ले मतान्तर बढाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान वडा नं १५ स्थित शिक्षा सदन मावि मतदानस्थलको गणना सकिदा साम्पाङले निकटतम प्रतिद्धन्दीभन्दा ७०२२ मतले अगाडि छन् । साम्पाङले १९३९७ मत पाउदा रास्वपाकी सरिन तामाङले १२३७५ मत पाएकी छिन् ।
यसैगरि, नेपाली कम्युनिष्ट पार्टीका सुर्यबहादुर भट्टराईले २९७८ मत पाएका छन् भने एमालेका टिकाराम लिम्बूले २७८१, कांग्रेसका सुजेन्द्र तामाङले १९४५, राप्रपाका उद्धव श्रेष्ठले ७६६ मत पाएका छन् । सुनसरी १ मा खसेको कुल मतमध्ये हालसम्म ४३२१९ मत गणना सकिएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार गणना भएको मतमध्ये ४१२६५ मत सदर र १९५४ मत वदर भएको छ ।
भिडियो:



