धरान: प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत श्रम सँस्कृति पार्टीले खाता खोलेको छ ।
पार्टीका महासचिव आरेन राईले खोटाङमा विजयी भएका छन् । आरेनले १६,६१२ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्दी नेकपा एमालेका देवबिक्रम राईले १२,७१४ मत पाए ।
प्रतिनिधिसभा तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो । गणना भएको मध्ये ३ हजार ९२८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।
यसैगरि, श्रम सँस्कृति पार्टीका उम्मेद्वारले सुनसरी १ मा र भोजपुर जिल्लामा पनि अग्रता लिइरहेका छन् । सुनसरी १ मा केन्द्रीय अध्यक्ष हर्कराज राई र भोजपुरमा ध्रुव राईको अग्रता रहेको छ ।




