धरानः सुनसरी क्षेत्र नं. १ को मतगणनाको प्रारम्भिक मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

धरान वडा १ को ९२४ मतगणना हुदा रास्वपाकी सरिन तामाङले ४६१ मत प्राप्त गरेर अग्रता लिएकी छिन् । यस्तै, श्रम सस्कृति पार्टीका उम्मेद्वार हर्कराज राई साम्पाङले १५४ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् भने कांग्रेसका उम्मेद्वार सुजेन्द्र तामाङले १०७ मत पाएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार सुर्य बहादुर भट्टराईले ४१ मत प्राप्त गर्दा राष्ट्रीय प्रजातन्त्र पार्टीका उम्मेद्वार उद्दव श्रेष्ठले ९५, नेकपा एमालेका उम्मेद्वार टिकाराम लिम्बुले २० र उज्यालो नेपाल पार्टीका उम्मेद्वार जेन्टल लावतीले १ मत प्राप्त गरेका छन् । 

सुनसरी क्षेत्र नम्बर १ मा ७ जना स्वतन्त्रहित २६ उम्मेद्वार चुनाबी मैदानमा छन् । वडा नं १ को उद्योग वाणिज्य संघको मतदानस्थलमा ९२४ मत खसेकोमा ८८७ मत सदर भएको छ भने ३७ मत वदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 

भिडियो: